सागर डिष्टिलरीको आईपीओ सर्वसाधारणका लागि खुला
- Sep 15, 2025
- 167
सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३० गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न भइसकेको छ।
कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतबराबर १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्न पाएको थियो। यसमध्ये १० प्रतिशत अर्थात १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, ५ प्रतिशत (७२ हजार ६०० कित्ता) सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी हिस्सा भने आजदेखि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
Share Training in Kathmandu/ Deep Thapa, 9849290806














No comments yet.