Sarbaguna

अप्पर स्याङ्गे हाइड्रोपावरको नाफा ऋणात्मकबाट धनात्मक, बिक्री आम्दानीमा वृद्धि

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड (USHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ, जसअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र नाफा दुवैमा उल्लेखनीय सुधार देखिएको छ।

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९८.२१ प्रतिशत बढी हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६३ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको थियो।

विद्युत बिक्री बढेसँगै कम्पनीले घाटाबाट उक्लँदै नाफा कमाउन सफल भएको छ। गत आर्थिक वर्षमा १ करोड ३२ लाख रुपैयाँ ऋणात्मक नाफा रहेको कम्पनीले यस वर्षको पहिलो त्रैमासमा ९ लाख १६ हजार रुपैयाँ धनात्मक नाफा कमाएको छ।

कम्पनीको सञ्चालन मुनाफा पनि ३७ लाख रुपैयाँ ऋणात्मकबाट बढेर ८५ लाख ९१ हजार रुपैयाँ धनात्मक भएको छ। नाफा सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि ऋणात्मकबाट उक्लँदै १ रुपैयाँ ६७ पैसा धनात्मक भएको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात (P/E ratio) ४०३.२९ गुणा रहेको छ। कम्पनीको चुक्ता पूँजी २२ करोड रुपैयाँ र जगेडा कोष १ करोड ७० लाख रुपैयाँ ऋणात्मक छ।

Tags

Leave a Comments

Comments

    No comments yet.