अमेरिकी डलरको भाउ घट्यो, प्रमुख मुद्राहरुको सटही दर कति छ ?
- Apr 29, 2025
- 162
काठमाडौं : आज वैशाख १६ गते मंगलबार अमेरिकी डलरको विनिमय दर केही घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ३६ पैसा र खरिददर १३५ रुपैयाँ ७६ पैसा कायम भएको छ। सोमबार यो दर क्रमशः १३७ रुपैयाँ ०३ पैसा (बिक्री) र १३६ रुपैयाँ ४३ पैसा (खरिद) रहेको थियो।
राष्ट्र बैंकले आजका लागि अन्य प्रमुख विदेशी मुद्राको विनिमय दर पनि सार्वजनिक गरेको छ। त्यसअनुसार, १ युरोको बिक्रीदर १५४ रुपैयाँ ६९ पैसा र खरिददर १५४ रुपैयाँ ०१ पैसा रहेको छ। बेलायती पाउन्डको बिक्रीदर १८१ रुपैयाँ ८५ पैसा र खरिददर १८१ रुपैयाँ ०५ पैसा छ।
जापानी १० येनको बिक्रीदर ९ रुपैयाँ ४६ पैसा र खरिददर ९ रुपैयाँ ५० पैसा तोकिएको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा रहेको छ।
यसैगरी, क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा कायम गरिएको छ। कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।













No comments yet.