आज अन्तिम दिन: यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन खुला
- May 14, 2026
- 75
United Ajod Insurance Limited ले चैत २६ गतेदेखि बिक्री खुला गरेको १० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (बैशाख ३१ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले हाल कायम १०० कित्ता शेयर बराबर १० कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता शेयरमार्फत कुल २३ करोड १० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गरिएको छ।
हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्रै उक्त हकप्रदमा आवेदन दिन पाउनेछन्।
हकप्रद निष्काशनका लागि गरिएको रेटिङमा ICRA Nepal ले कम्पनीलाई “इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी” प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमता मध्यम स्तरसम्म सुरक्षित रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक Laxmi Sunrise Capital Limited रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै Laxmi Sunrise Bank Limited का तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। साथै, सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।














No comments yet.