
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- Jun 8, 2025
- 4
काठमाडौं : आज आइतबार, जेठ २५ गते अमेरिकी डलरको विनिमय दर स्थिर देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा र खरिददर १३६ रुपैयाँ ७१ पैसा कायम छ।
त्यस्तै, १ युरोको बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा र खरिददर १५६ रुपैयाँ १३ पैसा रहेको छ।
बेलायती पाउन्डको विनिमय दर बिक्रीतर्फ १८५ रुपैयाँ ९५ पैसा र खरिदतर्फ १८५ रुपैयाँ १४ पैसा रहेको छ।
जापानी १० येनको बिक्रीदर ९ रुपैयाँ ५२ पैसा र खरिददर ९ रुपैयाँ ४८ पैसा छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८९ रुपैयाँ १७ पैसा रहेको छ।
क्यानाडियन डलरको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर १०० रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।
कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
No comments yet.