Sarbaguna

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक हुँदै

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को ५९औं मौद्रिक नीति आज (शुक्रबार) दिउँसो सार्वजनिक गर्ने तयारी गरेको छ। बिहीबार साँझ राष्ट्र बैंकको सञ्चालक समितिमा प्रस्तावित नीतिलाई पेस गरिएको थियो भने आज बिहानको बैठकमा उक्त नीति पेश हुने छ।

आगामी वर्षका लागि ल्याइने मौद्रिक नीतिमा उदारवादी आर्थिक व्यवस्थाहरू समेटिने जनाइएको छ। नीति अनुसार, नयाँ बैंकलाई लाइसेन्स दिने, विदेशी संयुक्त लगानीका बैंकहरूलाई नेपाली बजारमा प्रवेशको बाटो खुलाउने, वाणिज्य बैंकहरूको वर्गीकरण गर्ने, सशक्त बैंकहरूलाई स्वनियमनमा राख्ने तथा कमजोर बैंकहरूमाथि नियमन कडा बनाउने व्यवस्था रहनेछ।

त्यस्तै, ऋण प्रवाह मापदण्डको व्यापक पुनरावलोकन, तरलता व्यवस्थापनमा सुधार, र समग्र बैंकिङ प्रणालीलाई लचिलो र प्रतिस्पर्धी बनाउने रणनीतिहरू मौद्रिक नीतिमा समावेश हुने भएका छन्।

यस नीतिबाट वित्तीय क्षेत्रको स्थायित्व, लगानी विस्तार, र आर्थिक वृद्धिलाई सघाउने अपेक्षा गरिएको छ।

Share Training in Lalitpur

Tags

Leave a Comments

Comments

    No comments yet.