इन्फिनिटी लघुवित्तको नाफामा वृद्धि
- Jul 27, 2025
- 142
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो वर्षको तुलनामा १०४.७१ प्रतिशतले वृद्धि भई ९ करोड ३७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो नाफा ४ करोड ५७ लाख रुपैयाँ थियो।
नाफामा भएको वृद्धिको मुख्य कारण लघुवित्तको खुद ब्याज आम्दानीमा ३९.६४ प्रतिशत र अन्य सञ्चालन आम्दानीमा ४९.६७ प्रतिशतले भएको वृद्धिलाई मानिएको छ। यसले गर्दा लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.९३ प्रतिशतले र सञ्चालन मुनाफा उल्लेखनीय रूपमा १७०.७७ प्रतिशतले उक्लिएको हो।
समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी (EPS) ९ रुपैयाँ ६४ पैसाले वृद्धि भई १८ रुपैयाँ ८५ पैसा पुगेको छ। मूल्य-आर्जन अनुपात (P/E Ratio) ४६.१६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ६५ पैसा रहेको छ।
४९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा २८ करोड १८ लाख रुपैयाँ सञ्चित छ। समीक्षाको अन्त्यसम्म लघुवित्तले ५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको जनाएको छ।













No comments yet.