Sarbaguna

एनआरएन इन्फ्रास्ट्रक्चरको बोनस र नगद लाभांश घोषणा

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव पारित गरेको हो। लाभांश स्वीकृत गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, बिहान ९ बजे काठमाडौँको थिरबम सडकस्थित आम्रपाली ब्यान्क्वेटमा १३औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले लाभांशका साथै बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीमा १ बराबर १ हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

Tags

Leave a Comments

Comments

    No comments yet.