Sarbaguna
Post Image

एनएलजी इन्सुरेन्सको बिहीबार साधारण सभा बस्दै, सेयरधनीले के पाउँदैछन् ?

काठमाडौं : एनएलजी इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ २९ गते बिहीबार आम्रपाली ब्यांकेट, बालुवाटारमा बिहान ११ बजे बस्ने भएको छ। सभामा कम्पनीले २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाहसम्बन्धी छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि एजेन्डामा रहेको छ।

साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ। त्यसअनुसार, जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीहरू लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

Leave a Comments

Comments

    No comments yet.