Sarbaguna

कृषि विकास बैंकले मंसिर २९ मा साधारण सभा बोलायो

कृषि विकास बैंक लिमिटेड (ADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्ने उद्देश्यले मंसिर २९ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे–भक्तपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ।

बैंकले हाल कायम चुक्ता पूँजीको ३.५% बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ९.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ। साथै भारले अविमोच्य असंचिति अग्राधिकार शेयरधनीहरूको लागि तोकिएको दर अनुसार ६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि छ।

यससँगै बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य नियमित एजेन्डाहरूमाथि पनि छलफल हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १४ गते बुकक्लोज हुनेछ। त्यसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Leave a Comments

Comments

    No comments yet.