खानी खोला हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने
- Aug 1, 2025
- 139
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले १:१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो, जसको कुल मूल्य ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ हुनेछ।
हकप्रद शेयर निष्काशनका लागि कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार २६ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले भदौ २३ गतेसम्म आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी सिंगल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय, कुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेशनलका विभिन्न शाखा कार्यालयहरुमार्फत तथा सि–आस्बा सेवा र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेकोमा, हकप्रद बाँडफाँटपछि पूँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ। हकप्रदबाट संकलित रकम ऋण भुक्तानी, ब्याज खर्च घटाउने, वित्तीय स्थिति सुधार गर्ने र इक्विटी अभिवृद्धिका लागि प्रयोग गरिनेछ।











No comments yet.