गुराँस लघुवित्तको साधारण सभा कात्तिक २३ गते, १४.२५% बोनस र ०.७५% नगद लाभांश प्रस्ताव
- Oct 19, 2025
- 127
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश पारित गर्न आगामी कात्तिक २३ गते (आइतबार) दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजे सुरु हुनेछ।
सभामा हाल कायम चुक्ता पूँजीको१४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, संस्थापक तर्फका ४ जना सञ्चालक नियुक्त गर्ने, र लेखापरीक्षक चयन गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि लघुवित्तले कात्तिक १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरू लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।













No comments yet.