चाडबाडमा बजार सुस्त, कारोबार घट्दो
- Oct 15, 2025
- 123
लगातार दुई दिनदेखि बजारमा गिरावट देखिँदै आएको छ। चाडबाडको माहोलमा बजार सामान्यतया सुस्त गतिमा चल्ने भएकै कारण आज पनि बजारमा कमजोरी देखियो। कारोबार रकम समेत घटिरहेको छ, जसले लगानीकर्ताहरू प्रतीक्षात्मक अवस्थामै रहेको संकेत गर्छ।
बजारको वास्तविक दिशा चाडबाड (तिहार) सकिएपछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ। अहिलेको गिरावटलाई गहिरो नदेखी थोरै–थोरै किनमेल गरी होल्ड गर्ने रणनीति आगामी दिनका लागि लाभदायक हुने अनुमान लगाउन सकिन्छ। बजार स्थिर रहनु र आगामी दिनमा बिस्तारै सकारात्मक गति लिनु सम्भावित देखिन्छ।














No comments yet.