ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न
- Jun 15, 2025
- 215
आइतबार, काठमाडौंको गौशालास्थित होटल क्रिस्टलमा ट्रेड टावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर जारी गरेको थियो, जसको कुल मूल्य ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबर थियो।
आईपीओमा कुल २० लाख ७४ हजार २८५ जना आवेदकबाट २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरको माग भएको थियो। प्राप्त आवेदनमध्ये १४ हजार ८९७ आवेदन विभिन्न कारणले रद्द गरिएपछि २० लाख ५९ हजार ३८८ आवेदन वैध ठहर गरिएका थिए।
माग अत्यधिक भएकाले बाँडफाँट प्रक्रिया गोलाप्रथाबाट सम्पन्न गरिएको हो। बाँडफाँट अनुसार ३ लाख २९ हजार ६५० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी रहेको ५.१९ कित्तामध्ये ५ जनाले १–१ कित्ताका दरले तथा १ जनाले ०.१९ कित्ता शेयर प्राप्त गरेका छन्।
कम्पनीको आईपीओप्रति व्यापक जनचासो देखिएको यस तथ्यले देखाएको छ कि नेपाली पूँजी बजारप्रति आमनागरिकको आकर्षण अझै बलियो बन्दै गएको छ।













No comments yet.