नबिल बैंकले दोस्रो त्रैमाससम्म ३ अर्ब २४ करोड नाफा कमायो
- Jan 20, 2025
- 6
नबिल बैंक लिमिटेडले (NABIL) चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार, बैंकले यस अवधिमा ३ अर्ब २४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत आवको सोही अवधिको तुलनामा १.२८ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यसै अवधिमा बैंकको नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ रहेको थियो।
वित्तीय विवरणअनुसार, बैंकको प्रतिशेयर आम्दानी (EPS) यस अवधिमा २४ रुपैयाँ ५ पैसा रहेको छ।
बैंकको अन्य मुख्य वित्तीय विवरणहरुः
- खुद ब्याज आम्दानी: ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ
- खुद शुल्क तथा कमिसन आम्दानी: १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ
- जगेडा कोष: १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ
नबिल बैंकले वित्तीय सूचकांकमा सुधार गर्दै आफ्नो नाफा र आम्दानी दुवैमा सकारात्मक वृद्धि गर्न सफल भएको छ।
No comments yet.