नेप्से: रातोमा बन्द, तर सपोर्टमा बलियो चासो
- Nov 10, 2025
- 489
NEPSE 2570.15 अंकमा खुलेको थियो र प्रारम्भिक चरणमै खरीद दबाबका कारण सूचक 2576.85 अंकसम्म उक्लियो। तर त्यसपछि देखिएको बिक्री चापले बजारलाई तल धकेल्दै 2544.10 अंकको न्यूनतम बिन्दुमा पुर्यायो। अन्त्यतिर पुनः केही खरीद समर्थन देखिँदा सूचक आंशिक सुधार हुँदै 2561.94 अंकमा बन्द भयो।
आजको कारोबार रकम रु. 4.51अर्ब नाघेको छ भने कुल 86 लाख 47 हजार कित्ता शेयरहरू Buy & Sell भएका छन्। बजारमा केही कमजोरी देखिए पनि लगानीकर्ताहरूको सक्रियता र सीमित पुनरुत्थानले सावधानीपूर्वक आशावादिता झल्काएको छ।

रातो क्यान्डल बनाएर बन्द भए पनि आजको Nepse सूचकको अन्त्यतिर केही सकारात्मक (Positive Momentum) देखिएको थियो।। कारोबारको पहिलो Half मा सूचक 2576 को इन्ट्राडे उच्च विन्दुसम्म पुगेको थियो। तर त्यसपछि बिक्री दबाब बढ्दै जाँदा सूचक 2530-2550 को सपोर्ट क्षेत्र (Support Zone)परीक्षण गर्न पुग्यो।
यस क्रममा बजारले डबल बटम (W) प्याटर्न बनाएको देखियो, जसले छोटो अवधिमा उल्टो दिशामा फर्किने संकेत दिएको छ। दोस्रो Half को अन्त्यतिर मा पुनः खरिद चाप बढेपछि बजार क्रमशः उकालो लाग्दै 2561 अंकमा बन्द भएको छ। Market रातोमा बन्द भए पनि इन्ट्राडे लोबाट देखिएको पुनरुत्थानले लगानीकर्ताको चासो र सपोर्ट स्तरमा सम्भावित स्थिरता देखाएको छ। तर, कारोबार रकम (Volume) ले यो सुधार बलियो देखिएको छैन।













No comments yet.