नेप्सेमा हरियो बुलिश सिग्नल : स्थायित्वका लागि कारोबार सक्रियता आवश्यक
- Oct 28, 2025
- 115
नेप्से सूचकांक आज २५७१.३४ अंकमा बन्द भयो, जसले ६२.२९ अंक अर्थात् २.४८% को वृद्धि देखायो। आजको कुल कारोबार रकम रु. ४.५७ अर्ब पुगेको छ ।

नेप्से सूचकांकले आज हरियो बुलिश क्यान्डल बनाउँदै सकारात्मक संकेत देखाएको छ। बजार क्रमशः सुधारको दिशामा उन्मुख देखिए पनि कारोबार रकमले भने अझै पूर्ण साथ दिएको छैन।
यसले बजारमा उत्साह देखिए पनि त्यसको दिगोपनका लागि आवश्यक Volume नपुगेको संकेत गर्दछ। स्थायित्वपूर्ण उकालो यात्राका लागि लगानीकर्ताको सक्रियता र कारोबार रकममा थप वृद्धि जरुरी देखिन्छ। हालको सुधारलाई बजार मनोविज्ञानले टेवा दिएको भए पनि यसको निरन्तरताका लागि ठोस Volume समर्थन अपरिहार्य रहनेछ।














No comments yet.