पिपुल्स पावर लिमिटेडको शेयरमूल्य समायोजन
- Jun 16, 2025
- 132
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पिपुल्स पावर लिमिटेड (PPL) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न बुकक्लोज गरेपछि नेप्सेले समायोजित मूल्य निर्धारण गरेको हो।
समायोजनपछि कम्पनीको शेयरमूल्य ३६१ रुपैयाँ १३ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार कम्पनीको अन्तिम कारोबार मूल्य ४९१ रुपैयाँ ७० पैसा रहेको थियो। सोही मूल्यलाई आधार मानेर हकप्रद शेयर समायोजन गरिएको नेप्सेले जानकारी दिएको छ।
यस समायोजित मूल्यलाई आधार मानेर सोमबारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ कित्ता बराबर ०.५ कित्ता अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ।













No comments yet.