Sarbaguna

पिपुल्स पावरको हकप्रद शेयर आवेदन अवधि साउन २६ गतेसम्म बढ्यो

पिपुल्स पावर लिमिटेड (PPL) ले असार २२ गतेदेखि खुला गरेको ५० प्रतिशत हकप्रद शेयरको आवेदन दिने अवधि साउन २६ गतेसम्म थप गरेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ताको अनुपातमा कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरेको हो, जसको कुल मूल्य ३१ करोड ६३ लाख रुपैयाँ बराबर हुन्छ।

यस प्रयोजनका लागि कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो। तसर्थ, असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले 'CARE-NP BB Issuer Rating' प्रदान गरेको छ, जसले औषत वित्तीय जोखिम रहेको संकेत गर्दछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आवेदन प्रभु बैंकका विभिन्न शाखा, सि आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था, र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ, जुन हकप्रद बाँडफाँटपश्चात ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ। संकलित रकम पुवा २ जलविद्युत आयोजनाको ऋण भुक्तानी तथा अन्य जलविद्युत आयोजनाको निर्माण कार्यमा प्रयोग गरिने कम्पनीले जनाएको छ।

Share Training in Nepal

Tags

Leave a Comments

Comments

    No comments yet.