Sarbaguna
Post Image

पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं: पियोर इनर्जी लिमिटेडले आज चैत २८ गते बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ सार्वजनिक गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो।

सर्वसाधारणले यो आईपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूरै बिक्री नभएमा आवेदन दिने समयसीमा वैशाख ११ गतेसम्म बढ्नेछ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले सी–आस्वा सेवाबाट संलग्न बैंक तथा वित्तीय संस्था वा मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन्।

Leave a Comments

Comments

    No comments yet.