पुस २० मा बुकक्लोज : SALICO को १५% नगद लाभांश
- Dec 22, 2025
- 149
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) ले आफ्ना शेयरधनीलाई खुशीको खबर दिएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्न आगामी पुस २९ गते आफ्नो २९औँ वार्षिक साधारण सभा बोलाएको हो।
साधारण सभा मंगलबार बिहान ११ बजे काठमाडौँको अमृतभोग, कालिकास्थानमा आयोजना हुनेछ। सभामा लाभांश वितरण प्रस्तावसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ–संस्थालाई गरिएको खर्च अनुमोदन गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका महत्वपूर्ण एजेन्डामा छलफल हुनेछ।
लाभांश र साधारण सभाका लागि कम्पनीले पुस २० गते बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार पुस १७ गतेसम्म नेप्सेमा शेयर खरिद गरी कायम रहेका शेयरधनीहरूले सभामा सहभागिता जनाउन र प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन्।













No comments yet.