Sarbaguna

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड (PRIN) को लाभांश सुरक्षित गर्ने आज (साउन १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साउन २ गते (भोली) एक दिनका लागि बुकक्लोज गर्न लागेको हो।

यसअनुसार, आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले वार्षिक साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले २९ औँ वार्षिक साधारण सभा साउन २३ गते, शुक्रबार, काठमाडौंको तिनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे आह्वान गरेको छ।

सभामा हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। साथै, बोनस शेयरपछि कायम हुने पूँजीको ४७ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

यसबाहेक, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य नियमित एजेण्डाहरू पनि सभामा छलफल गरिनेछ।

Share Training in Nepal

Tags

Leave a Comments

Comments

    No comments yet.