Sarbaguna
Post Image

प्रि ओपन सेसन : नेप्से सूचकमा झिनो गिरावट

काठमाडौं : प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६४ बिन्दुले घट्दै २६७७.५२ अंकमा झरेको छ। यस अवधिमा २४ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

सेसनमा ४३ कम्पनीका कुल ४ हजार ९७२ कित्ता सेयर किनबेच भएका छन्। कुल ७० वटा कारोबार सम्पन्न भएका छन्।

यस सेसनमा २५ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १६ कम्पनीको भाउ घटेको छ। बाँकी कम्पनीहरूको मूल्यमा कुनै परिवर्तन देखिएको छैन।

Leave a Comments

Comments

    No comments yet.