फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले ६.५% नगद लाभांश घोषणा
- Dec 11, 2025
- 259
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ६.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेको छ।
मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले वर्तमान चुक्ता पूँजीका आधारमा सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिने लघुवित्तले जनाएको छ।












No comments yet.