Sarbaguna

बजेटअघि नेप्सेमा उत्साह कायम, २७ अंकको मजबुत वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार सकारात्मक लयमा देखिएको छ। आज नेप्से २७ अंकले बढ्दै हरियो क्यान्डलमा बन्द भएको छ भने बजारमा कुल ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभर बजारमा खरीद दबाब बलियो रहँदा इन्डेक्सले इन्ट्राडेमा लगातार Higher High Formation बनाउँदै मजबुत गति कायम गरेको देखिएको छ।

आजको कारोबारमा बजारको breadth अत्यन्त सकारात्मक देखियो। कुल २३५ कम्पनीको शेयर मूल्य बढ्दा केवल २८ कम्पनी घटेका छन् भने ७ कम्पनी स्थिर रहेका छन्। यसले बजारमा व्यापक रूपमा लगानीकर्ताको सहभागिता र सकारात्मक मनोविज्ञान रहेको संकेत गर्दछ।

विशेषगरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर लगानीकर्तामा नयाँ आशा र अपेक्षा बढ्दै गएको देखिन्छ। पूँजी बजारमैत्री नीति, आर्थिक सुधारका कार्यक्रम तथा लगानी प्रोत्साहन गर्ने घोषणाको अपेक्षाले बजारमा सकारात्मक माहोल निर्माण भएको विश्लेषण गरिएको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.