बन्दिपुर केबल कारलाई आईपीओ निष्काशनको अनुमति
- Jul 4, 2025
- 262
नेपाल धितोपत्र बोर्डले बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न अनुमति दिएको छ। बोर्डले असार १९ गते कम्पनीलाई स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो।
कम्पनीले जारी पूँजीको २०.७०६७ प्रतिशतका दरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्नेछ। यसमार्फत कम्पनीले कुल ५८ करोड ६० लाख रुपैयाँ जुटाउने लक्ष्य राखेको छ।
बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेडको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले लिएको छ।
कम्पनीले चाँडै आईपीओ निष्काशनको मिति, आवेदन अवधि तथा अन्य विवरण सार्वजनिक गर्ने जनाएको छ।














No comments yet.