बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
- Aug 5, 2025
- 275
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि साउन ६ गतेदेखि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने आज (साउन २० गते) अन्तिम दिन हो। कम्पनीले जारी पूँजीको २०.७०६७% अर्थात ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा, त्यस अन्तर्गत ५ लाख ६६ हजार कित्ता शेयर प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको हो।
यो सेयरमा तनहुँको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका–१ तथा गोरखाको पालुङ्टार नगरपालिका–७ वडाका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीलाई केयर रेटिङ नेपालले “CARE-NP BB (Double B)” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। दरखास्त फारम लिनका लागि २ रुपैयाँ शुल्क लाग्नेछ।










No comments yet.