बलेफी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने
- Aug 6, 2025
- 159
बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ। साउन २० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ बराबरको ३ करोड ६५ लाख ५९ हजार ४०० कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले १८८ मेगावाट क्षमताको सुर्के दुधकोशी जलविद्युत आयोजना निर्माणमा लगानी गर्नका लागि पूँजी जुटाउने उद्देश्यले हकप्रद ल्याउन लागेको हो। यो प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा ल्याइनेछ।













No comments yet.