बुंगल हाइड्रोलाई २९ लाख कित्ता आईपीओ निष्काशन अनुमति
- Jul 1, 2025
- 269
नेपाल धितोपत्र बोर्डले बुंगल हाइड्रो लिमिटेडलाई साधारण शेयर (IPO) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले असार १५ गते कम्पनीलाई प्रतिकित्ता रू. १०० अंकित मूल्यका कुल २९ लाख ५ हजार कित्ता शेयर सार्वजनिक निष्काशनको स्वीकृति प्रदान गरेको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीयबासी र सर्वसाधारणहरूलाई लक्षित गर्दै कुल जारी पूँजीको ३५ प्रतिशत अर्थात् रू. २९ करोड ५ लाख बराबरको शेयर निष्काशन गर्न लागेको हो।
यस आईपीओको धितोपत्र निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा हिमालयन क्यापिटल लिमिटेडले पाएको छ।













No comments yet.