बेष्ट फाइनान्सले ५ लाख ३५ हजार कित्ता सेयर बिक्रीका लागि सार्वजनिक गरेको छ।
- Jan 24, 2025
- 185
काठमाडौं: बेष्ट फाइनान्सका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेका ५ लाख ३५ हजार ९२७ कित्ता सेयर बिक्रीका लागि खुला गरेका छन्। यो सेयरमा बेष्ट फाइनान्सकै संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। फाइनान्सले सेयरको मूल्य भने तोकेको छैन।
सेयर खरिद गर्न इच्छुक संस्थापकले माघ ११ गतेदेखि ३५ दिनभित्र बेष्ट फाइनान्सको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ। यदि यो अवधिमा कुनै पनि संस्थापकले आवेदन नदिएमा, कम्पनीले सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गर्ने जनाएको छ।













No comments yet.