Sarbaguna

भगवती हाइड्रोपावर र सानिमा बैंकको वार्षिक साधारण सभा आज

आज भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र सानिमा बैंक लिमिटेड दुबैको वार्षिक साधारण सभा बस्दैछ।

भगवती हाइड्रोपावरको २५औं साधारण सभा बिहान ११ बजे पोखराको आव्या क्लब, घारीपाटनमा सुरु हुँदैछ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि १४% बोनस शेयर र ६% नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्नेछ। साथै, लेखापरीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र वार्षिक प्रतिवेदन स्वीकृत गर्ने एजेन्डामा छलफल हुनेछ। कम्पनीले असोज २१ गते बुक क्लोज गरेको थियो।

उता, सानिमा बैंकको २१औं साधारण सभा बिहान १० बजे काठमाडौंको आम्रपाली बैंक्वेट, भाटभटेनीमा सुरु हुँदैछ। बैंकले ७.३६८५% नगद लाभांश (करसहित) वितरण र रु २ अर्ब बराबरको ८.२५% असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पेस गर्नेछ। सभाले सानिमा समूहका सहायक कम्पनीहरूका वित्तीय विवरण पनि छलफल गरी पारित गर्नेछ। बैंकले असोज २७ गते बुक क्लोज गरेको थियो।

Tags

Leave a Comments

Comments

    No comments yet.