मनकामना इन्जिनियरिङ हाइड्रोको नाफा
- Nov 12, 2025
- 110
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड (MEHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि गरेको छ। कम्पनीले असोज मसान्तसम्म १ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४०.२३ प्रतिशतले बढी हो।
गत वर्षको सोही अवधिमा कम्पनीको नाफा ४४ लाख ३४ हजार रुपैयाँ मात्र रहेको थियो। विद्युत बिक्री आम्दानीमा सुधार र वित्तीय खर्चमा कमी आउँदा कम्पनीको नाफा उल्लेख्य रूपमा वृद्धि भएको हो।














No comments yet.