Sarbaguna

माबिलुङ्ग इनर्जीले असार २२ गतेदेखि आईपीओ निष्काशन गर्दै

माबिलुङ्ग इनर्जी लिमिटेडले आगामी असार २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (IPO) निष्काशन गर्न लागेको छ।

कम्पनीले कुल ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ बराबरको जारी पूँजीको ४८.९९९८% हिस्सा अर्थात् १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।

यस अन्तर्गत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ८५ हजार ८२४ कित्ता शेयर छुट्याइएको छ। आवेदन संखुवासभा जिल्लाको मादी नगरपालिका–७, ८, ९ र चैनपुर नगरपालिका–२, ३, ७, ८, ९ का स्थायी बासिन्दाहरूले दिन सक्नेछन्।

यस्तै, विदेशमा श्रम स्वीकृति लिएर कार्यरत नेपालीहरूका लागि १ लाख ५० हजार ४७१ कित्ता शेयर छुट्याइएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक श्रमिकका लागि आवेदन अवधि साउन ४ गतेसम्म र स्थानीयका लागि छिटोमा साउन ४ गते तथा ढिलोमा साउन १९ गतेसम्म रहनेछ।

इक्रा नेपालले कम्पनीलाई “इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस” प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्दछ।

कम्पनीले सञ्चालित ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ।

शेयर बिक्री व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीयले संखुवासभाको तोकिएका बैंक शाखाबाट तथा वैदेशिक श्रमिकले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

स्थानियले दरखास्त फाराम शुल्क २ रुपैयाँ तिर्नुपर्नेछ।

Share Training in Nepal

Tags

Leave a Comments

Comments

    No comments yet.