युनिलिभर नेपालले कात्तिक २५ गते साधारण सभा बोलायो
- Oct 17, 2025
- 109
युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश पारित गर्न आगामी कात्तिक २५ गते (मंगलबार) ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौँको नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा दिउँसो ४:३० बजे सुरु हुनेछ।
सभामा प्रतिकित्ता १,८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र सामाजिक–सामुदायिक परियोजनामा आर्थिक सहयोग गर्ने प्रस्तावहरू पारित गरिनेछ। साथै, संस्थापक शेयरधनी सिबक्रिम होल्डिङ्स प्रा.लि. बाट आईजे ग्रुप होल्डिङ्स प्रा.लि. मा नाम परिवर्तन भइसकेको हुँदा सो अनुसार कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार कात्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूलाई उक्त लाभांश र सभामा सहभागिता अधिकार प्राप्त हुनेछ।














No comments yet.