यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
- Jul 2, 2025
- 195
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। कम्पनीले भोलि (असार १९) बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा शेयर कारोबार गरेका लगानीकर्ताले लाभांश पाउनेछन्।
कम्पनीले असार ३० गते सोमबार बिहान साढे १० बजे काठमाडौंको अम्रपाली ब्याङ्क्वेट, भाटभटेनीमा ३१औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा हालको चुक्ता पूँजीको १०% बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
साथै, बोनस वितरणपछि कायम पूँजीको १०% हकप्रद शेयर निष्काशन, प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालक समिति तथा लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव पनि सभामा पेश हुनेछन्।













No comments yet.