राधी विद्युतको नाफामा उकालो, प्रतिशेयर आम्दानी ६० रुपैयाँ नाघ्यो
- Nov 11, 2025
- 112
राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभावशाली नाफा वृद्धि हासिल गरेको छ। कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार सो अवधिसम्ममा प्रतिशेयर आम्दानी (EPS) ६० रुपैयाँ ५८ पैसा पुगेको छ, जुन गत वर्षको सोही अवधिको ६ रुपैयाँ ९६ पैसाबाट उल्लेख्य रूपमा वृद्धि हो।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ८११.६३ प्रतिशतले बढेर २७ करोड ८५ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा नाफा ३ करोड ५ लाख रुपैयाँ मात्र थियो।
विद्युत बिक्री आम्दानी ४.४६ प्रतिशतले बढेर ४ करोड ६ लाख रुपैयाँ पुगेको छ भने अन्य आम्दानी उल्लेख्य बढेकाले सञ्चालन मुनाफा समेत १,३९६ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।
असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८४ पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) १०.४३ गुणा रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ र अन्य इक्विटी ९७ करोड ५१ लाख रुपैयाँ रहेको छ।












No comments yet.