Sarbaguna

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र पाँच जलविद्युत प्रवद्र्धकबीच ग्रीड सम्झौता सम्पन्न

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच प्रमुख जलविद्युत प्रवद्र्धक कम्पनीबीच ग्रीड कनेक्शनसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा मंगलबार नयाँ बानेश्वरमा आयोजित समारोहमा सम्झौता सम्पन्न भएको हो।

ग्रीड कम्पनीका सीईओ इन्जिनियर सागर श्रेष्ठ र एस.सी. पावर, सुर्मा सरोबर, माता मालिका इनर्जी, सूर्य होल्डिङ, र श्री हिमजल हाइड्रोपावरका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार, तिला–१ (४४० मेगावाट, कालिकोट), महाकाली सेती (५४ मेगावाट, बझाङ), मालुमेला सेतीनदी पिकिङ (७२ मेगावाट, बझाङ), अपर मेवा खोला ए (३१.९२ मेगावाट, ताप्लेजुङ), र सुपर दरौदी (९.१४३ मेगावाट, गोरखा) आयोजना राष्ट्रिय ग्रिडमा जोडिनेछन्।

मन्त्री खड्काले निजी क्षेत्रको सहभागितालाई ऊर्जा विकासको मेरुदण्ड भन्दै यस्ता सम्झौताले विद्युत् निर्यात र ऊर्जा आत्मनिर्भरतामा टेवा पुर्‍याउने बताए। कार्यक्रमका अन्य वक्ताहरूले पनि सम्झौताले ऊर्जा प्रणालीमा स्थायित्व ल्याउने विश्वास व्यक्त गरे।

Share Training Near me

Tags

Leave a Comments

Comments

    No comments yet.