रिभर फल्स पावरको अवितरित हकप्रद अक्शन बाँडफाँड, कट–अफ मूल्य रु ३१८.१०
- Dec 1, 2025
- 82
रिभर फल्स पावर लिमिटेडले अवितरित हकप्रद शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री प्रक्रिया पूरा गर्दै १० लाख ३८ हजार ९२४ कित्ता शेयरको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले १:१ अनुपातमा हकप्रद निष्कासन गर्दा सोही संख्यामा आवेदन नपरेपछि बाँकी शेयरलाई अक्शनमार्फत बिक्रीमा ल्याइएको थियो।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका–२०७४ अनुसार मंसिर ८ गते खोलेका शिलबन्दी बोलपत्रहरूको मूल्याङ्कनपछि प्रभु क्यापिटल लिमिटेडको सञ्चालक समितिले मंसिर १४ गते बाँडफाँडको निर्णय गरेको हो।
बाँडफाँडका लागि कट–अफ मूल्य रु ३१८.१० निर्धारण गरिएको छ। यस मूल्य वा सोभन्दा माथिको दर प्रस्ताव गर्ने निवेदकलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा शेयर वितरण गरिएको कम्पनीले जनाएको छ।
शेयर नपरेका आवेदकहरूको भुक्तानी मंसिर १५ देखि आवेदनमा उल्लेखित बैंक/वित्तीय संस्थाको खातामा IPS मार्फत फिर्ता गरिनेछ। यदि रकम खातामा नजम्मा भएमा प्रभु क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क गर्न अनुरोध गरिएको छ।














No comments yet.