रिभर फल्स पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
- Oct 12, 2025
- 113
रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (असोज २६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
यसअनुसार कम्पनीले रु. १०० अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरी कुल रु. ७० करोड बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ। हकप्रद प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो, जसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले आवेदन दिन योग्य छन्।
केयर रेटिङ नेपालले कम्पनीलाई CARE-NP BB– (डबल बी माइनस) इश्युअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।
हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु बैंकका बेशिसहर, पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट साथै सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी रु. ७० करोड रहेको छ, जुन हकप्रद निष्काशनपछि रु. १ अर्ब ४० करोड पुग्नेछ। संकलित रकम कम्पनीले डाउन पिलुवा खोलामा आएको बाढीका कारण बढेको आयोजनाको लागत परितर्फ गर्न र बैंक ऋण घटाउन प्रयोग गर्ने योजना बनाएको छ।













No comments yet.