रिभर फल्स पावरले आजदेखि हकप्रद लिलामी बिक्री सुरू
- Nov 12, 2025
- 105
रिभर फल्स पावर लिमिटेड (RFPL) ले आज (कात्तिक २६ गते) देखि अवितरित हकप्रद शेयर लिलामी बिक्री प्रक्रियामार्फत सुरू गरेको छ।
कम्पनीले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमध्ये बाँकी रहेका १० लाख ३८ हजार ९२४ कित्ता शेयर लिलामी बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो।
बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर ३ गते तोकिएको छ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता निर्धारण गरिएको छ भने लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी बोलकबोल गर्न सक्नेछन्।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलका साथै प्रभु बैंकका विराटनगर, हेटौँडा, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट पनि बोलपत्र पेश गर्न सक्नेछन्।












No comments yet.