लगानीकर्ताको मुनाफा बुकिङसँगै नेप्से ओरालो, बजारमा बिक्री दबाब हावी
- Nov 4, 2025
- 140
NEPSE २६२३ अंकमा खुलेर २५९५.२४ अंकमा बन्द भयो, जसअनुसार सूचक २७.६४ अंकले अर्थात् १.०५ प्रतिशतले घट्यो। आजको कुल कारोबार रकम रु. ५.१५ अर्ब रहेको छ भने जम्मा १०,३४३,८९८ कित्ता सेयर कारोबार भएका छन्।

आज नेप्सेले रातो क्यान्डल बनाएको छ। सूचकले पहिलो सत्रमै २,६२६ अंकको इन्ट्राडे उच्च स्तर छुँदै क्रमिक रूपमा ओरालो यात्रा जारी राख्यो। पुरै कारोबार अवधिभर बजारमा लगातार तलका स्तरहरू बनाउँदै लगानीकर्ताहरू मुनाफा बुकिङमा केन्द्रित देखिए। सीमित खरिद दबाबका कारण बजारमा बिक्री पक्ष हाबी रह्यो।














No comments yet.