वरुण हाइड्रोपावरको लिलामी बाँडफाँड सम्पन्न, कट–अफ मूल्य रु. १८४.६० निर्धारण
- Oct 28, 2025
- 109
वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बाँकी रहेका २ लाख ३८ हजार ४४३ कित्ता हकप्रद सेयरको लिलामी बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले यसअघि भदौ २९ गतेदेखि असोज १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन मागेको थियो।
आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार, प्राप्त बोलपत्रहरू असोज २८ गते खोलेर कात्तिक २ गते बाँडफाँड गरिएको हो। लिलामीको अन्तिम (कट–अफ) मूल्य प्रति सेयर रु. १८४.६० निर्धारण गरिएको छ।
उक्त मूल्यमा आवेदन दिने लगानीकर्ताहरूलाई समानुपातिक रूपमा सापेक्षिक भारका आधारमा सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। बाँडफाँडमा नपरेका आवेदकहरूको रकम भने भोलिदेखि (कात्तिक १२ गतेदेखि) कनेक्ट आईपीएसमार्फत सम्बन्धित बैंक खातामा फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ।
वरुण हाइड्रोपावरले यसअघि निष्काशन गरेको हकप्रद सेयरमा सबै आवेदन नपरेपछि बाँकी सेयरहरू लिलामीमार्फत बिक्री गरिएको हो।













No comments yet.