Sarbaguna
Post Image

विदेशी ऋण पुँजी निर्माणमै प्रयोग गरिनेछ: अर्थमन्त्री पौडेल

काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक ऋण तथा अनुदानहरू पुँजी निर्माणमा मात्र प्रयोग गरिने स्पष्ट पारेका छन्।

एक सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले साधारण खर्चका लागि ऋण प्रयोग नहुने सरकारी नीतिमा सरकार दृढ रहेको बताए। “साधारण खर्चका लागि ऋण लिने होइन, पुँजीगत खर्च र उत्पादकत्व बढाउन ऋण लिनुपर्छ,” उनले भने।

उनका अनुसार चालु र आगामी आर्थिक वर्षको ऋण संरचना विश्लेषण गर्दा राजस्वले व्यहोर्ने दायित्व बढाउने गरी प्रस्ताव गरिएको छ, जसको अर्थ पुँजी निर्माणतर्फ ऋण खर्च गरिने उद्देश्य लिएको हो।

सरकारले अबदेखि वैदेशिक ऋण तथा अनुदानलाई पूर्वाधार, उत्पादन वृद्धि र दीर्घकालीन आर्थिक विकासमा केन्द्रित गरेर प्रयोग गर्ने नीति लिएको अर्थमन्त्री पौडेलले बताए।

Leave a Comments

Comments

    No comments yet.