Sarbaguna

शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज (फागुन १७ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि अब सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो। कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ९ लाख ८० हजार कित्ता स्थानीय बासिन्दा, २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा कम्पनीले ४४ हजार ४०० कित्ता शेयर कर्मचारीका लागि छुट्याई बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ लाख ४२ हजार ६०० कित्ता (१८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबर) साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

📊 आवेदन अवधि र सीमा न्यूनतम आवेदन: १० कित्ता अधिकतम आवेदन: १० हजार कित्ता निष्काशन बन्द: छिटोमा फागुन २६ गते, ढिलोमा चैत १ गते

📉 रेटिङ्ग र वित्तीय अवस्था आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा  इक्रा नेपाल लिमिटेडले कम्पनीलाई ‘इक्राएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

⚡ आयोजनाको विवरण कम्पनीले सञ्चालन गरेको ४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १९ करोड ९४ लाख रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १८ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २९.०८ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.९२ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता अवधि १३.६४ वर्ष रहेको कम्पनीले जनाएको छ। उक्त आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि व्यावसायिक उत्पादन सुरु भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.