सगरमाथा जलविद्युतले १:१ अनुपातमा हकप्रद ल्याउने प्रस्ताव
- Nov 20, 2025
- 242
सगरमाथा जलविद्युत कम्पनी लिमिटेड (SMJC) ले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले मंसिर २६ गते, शुक्रबार, काठमाडौँको स्मार्ट दरबार, शंखपार्कमा सभा आयोजना गर्ने जनाएको छ। सभा बिहान ११:०० बजेबाट सुरु हुनेछ।
कम्पनीले कायम चुक्ता पूँजी रु. १ अर्ब १७ करोड ३२ लाख बराबर १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्नेछ। हकप्रद जारी गर्ने निर्णयले कम्पनीको पूँजी सुदृढीकरण तथा परियोजना विस्तारमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
यससँगै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, संस्थागत जमानी सम्बन्धी कार्यहरू स्वीकृत गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन अनुमोदन गर्ने, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डामा पनि सभाले निर्णय गर्नेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुकक्लोज मिति तोकेको छ। यसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका शेयरधनीहरूले सभामा सहभागिता जनाउन योग्य रहनेछन्।













No comments yet.