Sarbaguna

सपोर्ट स्तरबाट बजारमा उत्कृष्ट सुधारात्मक चाल, दोहोरो अंकले उकालो

हिजो बजारले कुनै प्रष्ट दिशा नदेखाए पनि प्राविधिक रूपमा बजार सपोर्ट स्तरमा रहेको हुँदा यहाँबाट सुधारात्मक चाल आउन सक्ने अनुमान गरिएको थियो। सोही अनुसार आज बजारले उत्कृष्ट सुधारात्मक चाल (positive move) देखाएको छ। धेरै कम्पनीहरूले सर्किट ब्रेकर हान्दा बजार दोहोरो अंकले उकालो लागेको छ, जसले लगानीकर्तामा सकारात्मक मनोविज्ञान बलियो बनाएको छ।

यद्यपि मूल्य वृद्धि देखिए पनि कारोबार रकम भने केही कम रहेको छ, जसले बजारले अझै पूर्ण दिशा नलिएको संकेत दिन्छ। धेरै लगानीकर्ताहरू अझै पर्ख–हेर्ने (wait and see) अवस्थामा देखिन्छन्।

Leave a Comments

Comments

    No comments yet.