समर्थन क्षेत्रमाथि टिक्दै हरियो क्यान्डल, तर कारोबार अझै कमजोर
- Dec 15, 2025
- 114
आजको कारोबार सत्रमा नेप्सेले महत्त्वपूर्ण सपोर्ट लेभलभन्दा माथि क्लोज हुँदै हरियो क्यान्डल बनाएको छ, जसले बजारमा छोटो अवधिको सकारात्मक संकेत दिएको छ। कारोबारको क्रममा नेप्से २५८७ को इन्ट्राडे लो सम्म झरे पनि त्यहीँबाट क्रमशः सुधार हुँदै हायर हाई संरचना बनाउँदै माथि उठ्न सफल भयो। यसले सपोर्ट जोनमा पुग्दा खरिदकर्ताहरू सक्रिय भएको र Selling दबाबलाई सफलतापूर्वक सम्हालिएको स्पष्ट देखाउँछ।

यद्यपि मूल्यगत रूपमा सुधार देखिए पनि कारोबार रकम (भोल्युम) अपेक्षित रूपमा बलियो देखिन सकेन। कमजोर भोल्युमले बजारमा अझै व्यापक सहभागिता नआएको संकेत गर्दछ, जसका कारण आजको हरियो क्यान्डललाई पूर्ण रूपमा ट्रेन्ड रिभर्सलको रूपमा लिन सकिँदैन। धेरैजसो लगानीकर्ताहरू अझै ‘wait and watch’ को अवस्थामा देखिन्छन्, जसले बजारलाई सानो दायराभित्र सीमित राख्न सक्छ।
आगामी सत्रहरूमा नेप्सेले यो सपोर्ट जोनलाई निरन्तर कायम राख्दै भोल्युममा क्रमिक सुधार देखाउन सके मात्र बजारमा स्थायी बुलिस मोमेन्टमको आधार बन्न सक्छ। यदि भोल्युम बिना नै सूचक माथि जान खोजेमा पुनः दबाब आउन सक्ने सम्भावना रहन्छ। त्यसैले छोटो अवधिमा बजार कन्सोलिडेसन मोडमै रहने, तर सपोर्ट बलियो रहेसम्म तलतिर ठूलो करेक्सनको जोखिम भने सीमित देखिन्छ।












No comments yet.