सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ बाट खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८५ हजार कित्ता छुट्याइयो
- Apr 22, 2026
- 24
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैशाख २१ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पूर्ण आवेदन नपरेमा म्याद जेठ ४ गतेसम्म लम्बिनेछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक Global IME Capital Limited रहेको छ। आवेदन Securities Board of Nepal बाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरू तथा Mero Share मार्फत सि–आस्बा प्रणाली प्रयोग गरी दिन सकिनेछ।
रेटिङ्गतर्फ, CARE Ratings Nepal ले कम्पनीलाई CARE-NP BB- (डबल बी माइनस) इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।












No comments yet.