Sarbaguna

सागर डिष्टिलरीको आईपीओ साउन २८ गतेदेखि

सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्राथमिक सेयर (IPO) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजीको १०% अर्थात् १ लाख ४५ हजार २०० कित्ता सेयर सार्वजनिक गर्न लागेको हो, जसको कुल मूल्य १ करोड ४५ लाख २० हजार रुपैयाँ बराबर छ।

विदेशमा श्रम स्वीकृति प्राप्त गरी कार्यरत नेपालीले भदौ १ गतेसम्म, आवश्यकता अनुसार भदौ ११ गतेसम्म, न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले 'IRN B+ (Single B Plus)' इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्नमा उच्च जोखिम रहेको देखाउँछ। धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदन सि-आस्बा प्रणालीमार्फत दिन सकिनेछ।

Share Training in Lalitpur

Tags

Leave a Comments

Comments

    No comments yet.