सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
- Oct 12, 2025
- 115
सानिमा बैंक लिमिटेड (SANIMA) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली, असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
सानिमा बैंकले कात्तिक २ गते, आइतबार, बिहान १० बजे आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौंमा २१ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा संस्थापक समूहका तीन सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।














No comments yet.